काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस म्याग्दी​का सभापति खमवीर गर्बुजा​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

हामी नेपाली कांग्रेसको १४औँ महाधिवेशन गर्नैपर्ने बाध्यकारी अवस्थामा छौँ । अहिलेको नेतृत्व छान्ने सम्पूर्ण जिम्मेवारी क्रियाशील सदस्यहरुको हातमा छ । नेतृत्व जनताले जसलाई पत्याउँछ त्यही आउने हो । नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो । यसको व्यवस्थाअनुसार यहाँ नेपाली कांग्रेसका कार्यकर्ताले जसलाई पत्याउँछ त्यसैले नेतृत्वमा जान पाउने हो । 

हामीभन्दा अग्रजहरुले नै नेतृत्व कस्तो बनाउने भन्ने कुरामा बढी ध्यान दिनुपर्ला । हामी ग्रास लेभलको कार्यकर्ताले भन्दा बढी पिर उहाँहरुमा नै हुनुपर्छ । पार्टीलाई कसरी वैधानिक बनाउने, कुन क्षमता भएको मान्छेलाई कहाँ राख्ने, कुन बाटोमा जाने भन्ने सिनियर नेताहरुले गर्ने निर्णय हो । 

युवा नेतृत्वको बहस



युवालाई नेतृत्व दिनुपर्ने बहस सधैंजसो महाधिवेशनको मुखमा उठ्दै आएको छ । मेरो विचारमा युवाहरुको भूमिका मुख्य रुपमा कम्युनिस्ट पार्टीसँगको लडाइँमा देखिनुपर्छ । कम्युनिस्ट विचारससँगको लडाइँ नै हाम्रो मुख्य लडाइँ हो, यतिबेला । 

हामीसहित सम्पूर्ण जनताले कम्युनिस्टहरुको नांगो नाच हेरिसके । अब हामी एक भएर कम्युनिस्टसँग लड्ने हो भनेर शेरबहादुर र रामचन्द्र नबोलीकन हुँदैन । हामीले सोच्नुपर्ने नेपाली कांग्रेसको भविष्य हो । त्यसलाई हेरेर नै युवा सक्रिय हुनुपर्छ ।  



परिवारवादको मुद्दा

कांग्रेसमा परिवारवादका कुरा पनि बेलाबखत आँउछ । तर, मैले अहिले पार्टीमा यो समस्या देखेको छैन । जसलाई आमकार्यकर्ता र जनताले पत्याउँछ त्यो नै नेतृत्वमा आउने हो । जो–जो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको छ उहाँहरुको आ–आफ्नै त्याग र तपस्या पनि त छ । 

यत्रो ठूलो पार्टीमा अलिअलि यो विषय सुनिनु नौलो कुरा त होइन । ठूला दलमा झिनामसिना कुराहरु हुन्छन्, त्यसलाई ध्यान दिनु हुँदैन । नेतृत्वले क्षमता हेर्ने हो पारिवारिक कुराहरुमा ध्यान दिनु आवश्यक छैन । अलिकति भिजन भएका युवादेखि सिनियर नेताहरु विशेषगरी कांग्रेसको भविष्यका बारेमा सोच्न सक्ने नेतृत्व चयन हुनुपर्छ । 

कसरी गर्ने महाधिवेशन ?

हाम्रो जिल्लामा क्रियाशील विवाद केही पनि छैन । मेरो जिल्लामा पहिलाको भन्दा धेरै संगठन बलियो भएको छ । यो भन्दा अघि पनि दुई दल (कम्युनिस्ट) एक भएर हारेका हौं । नेपाली कांग्रेसको क्रियाशील विवादमा उठेका सानोतिनो कुरामा झगडा गर्नु हुँदैन । १३औँ महाधिवेशनमा ८–९ प्रतिशतसम्म समस्या थियो क्रियाशीलमा, तर अहिलेको अधिवेशनमा जम्मा ४–५ प्रतिशत मात्र छ । 

यतिबेला प्रतिपक्षीबाट सत्तापक्षमा नेपाली कांग्रेस पुगेको होइन । देशको परिस्थिति र जनताको विश्वासले कांग्रेस अहिले सत्तामा पुगेको हो । विभिन्न जिल्लामा बाढी–पहिरो लगायतका समस्या छन् । यो निकै गम्भीर कुरा हो । यसबारे कांग्रेस नेतृत्वको सरकारले चासो राखोस् । 

मेरो सदरमुकामबाट दुर्गम वडामा पुग्न तीन दिनसम्म लाग्छ त्यो पनि सरासर हिँड्ने हो भने । बाढी–पहिरो हुँदा झनै समस्या बढेको छ । यस विषयमा सिनियर नेताहरुले गम्भीर भएर सोच्नुपर्ने बेला छ । नेतृत्व पंक्तिले गम्भीर भएर सोच्दा केही समस्या नहोला । नेतृत्व गम्भीर भयो भने त प्राकृतिक समस्याका साथै पार्टीभित्रका समस्या पनि समाधान हुन गाह्रो पर्दैन । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति

कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति

कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति

युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १७:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया