नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले सहमतिमै विवाद टुंगो लगाएको हो ।
यसअघि रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले केही विवाद थाती राखेर प्रतिवेदन बुझाएको थियो । त्यसमा सहमति कायम गरेर सिटौला नेतृत्वको समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको हो ।
कांग्रेसले बाँकी विवाद सुल्झाउन पूर्वमहामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखकसहितको समिति बनाएको थियो । समितिले सोमबार देउवानिवास बुढानिलकण्ठमा देउवा र पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
प्रतिवेदन बुझ्दै सभापति देउवाले उनले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताए । अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।