सुनसरीमा ट्यांकरकाे ठक्करबाट माेटरसाइकलमा सवार एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया नजिकै भएकाे दुर्घटनामा परी विराटनगर-१४ का २० वर्षीय सफल राजवंशीकाे मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार प्रदेश १-०२-०००१-६-८४४५ नम्बरको ट्यांकरले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए।
दुवैलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकाे क्रममा सफलको भएको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अविनाशको उपचार भइरहेको छ ।
दुर्घटनामा परी मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ । प्रहरीले ट्यांकर चालक इटहरी-४ का २८ वर्षीय थुलमान राईलाई नियन्त्रणमा लिएकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।