तालिबान आतंकवादी हुन्, प्रतिबन्धबारे सोच्नुपर्छ : ट्रुडो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तालिबान आतंकवादी भएको भन्दै प्रतिबन्ध लगाउनेबारे सोच्नुपर्ने बताएका छन्। 

अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न जी–७ देशहरुको बैठक बस्नुभन्दा एक दिनअघि उनले क्यानडाले तालिबानलाई आतंकवादीको सूचीमा राखेकाले प्रतिबन्धका बारेमा सोच्नुपर्ने बताए।

आज जी–७ देश क्यानडा, बेलायत, फ्रान्स, इटाली, जापान र अमेरिकाबीच अफगानिस्तानका विषयमा भर्चुअल बैठक हुँदैछ।

ट्रुडोले आफूले नेताहरुसँग तालिबानमाथि प्रतिबन्धका विषयमा कुरा राख्ने समेत बताएका छन्। जी–७ को अध्यक्षता गरिरहेको बेलायतले भने तालिबानमाथिको प्रतिबन्ध उसका व्यवहारमा निर्भर हुने बताएको छ ।

३१ अगस्टसम्ममा विदेशी सेना अफगानिस्तानबाट बाहिर निस्किने अमेरिकाले बताइरहेको छ । तर युरोपेली संघ र बेलायतले भने सबै देशका नागरिकलाई यो समयमा अफगानिस्तानबाट बाहिर निकाल्न सम्भव नभएकाले यो म्याद बढाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उनीहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अफगानिस्तान छाड्ने मिति पछि सार्न दबाब दिइरहेका छन् । 
 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १०:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया