धनुषामा ससुरा र बुहारीकाे शव गाडिएकाे अवस्थामा फेला

धनुषामा ससुरा र बुहारीको हत्या गरिएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५, साविक मिथिलेश्वर निकास गाविस वडा नम्बर-८ ललियामा ससुरा र बुहारीको हत्या गरी दुबैजनाको शव सँगै गाडिएको अवस्थामा फेला परेको हो ।

हत्या गरिएका चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षीया अमृता मण्डलको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । मृतक महिला भागेश्वर मण्डलकी श्रीमती हुन् ।

मृतक दुवै जना वेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको डिएसपी बस्नेतले बताए । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरिएको बस्नेतले जानकारी दिए । मण्डलले आफ्नै बुबा र श्रीमतीलाई हत्या गरेर शव गाडेको आशंका गरिएको छ ।

महोत्तरीको भम्ररपुरामा भएको सुजिता हत्याको घटना सेलाउन नपाउँदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १०:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया