पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध जनकपुरमा युवा संघले गरे प्रदर्शन

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । 

युवा संघका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । 

आज बिहान जनकपुरधामको शिवचोकमा युवा संघका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि विरुद्ध टायर बालेर विरोध जनाएका छन् ।

उनीहरूले शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध नाराबाजी गर्दै मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

संघका केन्द्रीय सदस्य जानी खान मधेशीले कोरोना महामारीको विकट समयमा जनतालाई सहुलियत दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएर जनतामाथि थप आर्थिक भार थपेकाले आन्दोलन गर्नुपरेको बताए ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १४:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया