कुलमान घिसिङविरुद्धको मुद्दामा सर्वोच्चको मिसिल झिकाउने आदेश

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश गरेको छ । 

कुलमानविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दामा मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानलाई नियुक्त गर्दाको मिसिल माग गरेको हो । 

त्यस्तै, शाक्यलाई विद्युत् विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश गरेको छ ।

शाक्यले कुलमानको नियुक्ति बदर गर्न अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्च अदालतले पहिलो सुनुवाइमा अन्तरिम आदेश नदिई मिसिल झिकाउन आदेश गरेको हो ।

शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १६:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया