संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन कानुनमन्त्रीकाे ध्यानाकर्षण

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन ध्यानाकर्षण गराएको छ । 

कानुन, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारमा भएको भेटघाटमा समाजले मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा पनि मन्त्री कार्कीसँग छलफल गरेको थियो । 

छलफलमा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानुनको मर्मअनुरूप ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’लाई शीघ्र संशोधन गर्न शान्ति समाजले आग्रह गरेको थियो ।

यसैगरी, नेपाल राज्यपक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न जोड दिँदै समाजले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्नसमेत आग्रह गरेको थियो । 

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाईं, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठलगायत संलग्न रहेका थिए । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १६:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया