प्रहरीले आज बाँड्याे १५ हजारभन्दा बढीलाई निःशुल्क मास्क

नेपाल प्रहरीले बितेको चौबिस घण्टामा देशभर १५ हजार ४९ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । 

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ती मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले गत वैशाख ६ गतेदेखि निशुल्क मास्क वितरण अभियान सुरु गरेको हो । अभियान सुरु गरेदेखि हालसम्म ९ लाख ७० हजार ८ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले बताएको छ । 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न प्रहरीले बिभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १८:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया