वडाध्यक्ष साहमाथि आफूनिकटकालाई कोरोनाविरुद्धको खोप बाँडेको आरोप

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का वडाध्यक्षमाथि आफ्ना आसेपासेलाई कोरोनाविरुद्धको खोप बाँडेको आरोप लागेको छ । 

वडाध्यक्ष शिवकुमार साहले आफ्नो निकटवर्तीलाई वडा कार्यालय भित्र बोलाएर खोप लगाएपछि विवाद चर्किएको हो । सामाजिक सञ्जालमा वडाध्यक्ष साहविरुद्ध उनकै वडा सदस्यहरुले काीटिप्पणी गरेका छन् । 

सोही वडाका वडा सदस्य राजकुमार ठाकुरले भने, ‘हामीलाई अध्यक्षको चेम्बरभित्र प्रवेश निषेध गरिएको छ । भित्र बोलाएर उनले आ–आफ्नो मान्छेलाई खोप बाँडिरहेका छन् । उनले यस्तो कार्य कैयौँपटक दोहोर्याएका छन् ।’
 
ठाकुरले वडाध्यक्ष शिवकुमारले रकम लिएर समेत खोप बाँडेको गुनासो जनताले आफूहरुलाई कैयौँपटक गरेको बताए । वडाध्यक्ष साहले सुरुदेखि नै आफ्नो मनोमानी हिसाबले हैकमवादी प्रवृत्ति देखाइरहेको उनको गुनासो छ । 

उनले वडास्तरीय योजनामा पनि वडाध्यक्ष साहले एकल निर्णय गरिरहेको बताए । सिफारिसको आधारमा कोभिसिल्डको दोस्रो डोज खोप दिने गरिएको उनले सुनाए ।

वडा नम्बर–२ का सचिव राजेश ढकाल, सदस्यहरु अमितकुमार साह, राजकुमार ठाकुर, शुभ ढुंगाना, शिलादेवी महरालगायतलाई कोरोना खोपसम्बन्धी कसैलाई कुनै जानकारी नरहेको उनीहरुले बताए ।
 
यता, वडाध्यक्ष साहले भने आफूले त्यस्तो कुनै पनि काम नगरेको दाबी गरेका छन् । वडासदस्य ठाकुर आफूप्रति पूर्वाग्रही भएर यस्तो आरोप लगाएको उनको दाबी छ । 

जिल्ला स्वास्थ्य कार्यालयले वडा नम्बर–२ का लागि पहिलो चरणमा कोभिसिल्ड २२५, भेरोसेल २८८ र जनसन एण्ड जनसन १३५ डोज उपलब्ध गराएको बताएको छ ।



जनकपुरधामका कतिपय वडामा अग्रीम कार्ड बनाएर वडाध्यक्ष र सदस्यहरुले घर–घर पुर्याएको आरोप समेत लाग्ने गरेको छ ।



  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १९:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया