धनुषामा सवारी दुर्घटना हुँदा एक महिलाकाे मृत्यु

धनुषामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

जिल्लाकाे मिथिला नगरपालिका-४ पुष्पवलपुरस्थित मंगलबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसै गरी दुर्घटनामा परी एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-१२ की २९ वर्षीया ममता यादव रहेकी छन् । दुर्घटनामा परी मोटरसाइकल चालक ३५ वर्षीय द्वारिका प्रसाद यादव घाइते भएका छन् । उनी मृतक ममता यादवका श्रीमान हुन् । उनी सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र २-०१-००१ प ८५८५ नम्बरको मोटरसाइकल पुष्पवलपुरमा अनियन्त्रित भई दुर्घटना भएको थियाे । दुर्घटनामा मृतक ममता उछिट्टिएर सडकतर्फ लडेकी थिइन् । सोही क्रममा विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको हायसले कुल्चिएपछि घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जनाए ।

ठक्कर दिने हायस गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ७:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया