३१ अगस्टसम्म जी–७ देशले काबुल विमानस्थल खाली नगर्ने

विश्वका धनी देशहरुको संगठन जी–७ का देशले ३१ अगस्टसम्म काबुल विमानस्थल खाली नगर्ने भएका छन् । यसका साथै उनीहरुले त्यसपछि पनि काबुल विमानस्थलमा सुरक्षित उडान भर्न र विदेश जान चाहने अफगानीलाई सुरक्षित वातावरण दिन तालिबानसँग आग्रह गरेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसबारे जानकारी दिँदै सबै देशले तालिबानसँगको सम्पर्कका लागि यसलाई पहिलो शर्तका रुपमा लिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानले सहयोग गरेमा मात्रै निर्धारित समयमा अफगानिस्तान छाड्न सकिने बताएका छन् । जी–७ का देशहरुले अफगानिस्तानको पछिल्लो अवस्था र तालिबानको नियन्त्रणबारे सामूहिक धारणा तयार गरेको बताएका छन्।

भर्चुअल बैठकका क्रममा नेताहरुले तालिबानले जी–७ देशसँगको सम्बन्ध खराब नबनाउने विश्वास व्यक्त गर्दै यसको राम्रो आर्थिक, कूटनीतिक र राजनीतिक लाभ हुने उल्लेख गरेका छन् । 

बेलायती प्रधानमन्त्री तथा जी–७ का अध्यक्ष बोरिस जोनसनले अफगानिस्तान फेरि आतंकवादीको जन्मदाता र लागू पदार्थलाई मान्यता दिने देश हुन नसक्ने भन्दै युवतीहरुलाई १८ वर्षसम्म अनिवार्य रुपमा शिक्षा दिनुपर्ने बताए ।

अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाले ३१ अगस्टसम्ममा अफगानिस्तानबाट फिर्ता हुनेगरी काम गरिरहेको बताए । जी–७ का अन्य देशले भने यो अवधिमा सबै देशले आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्न सम्भव नभएको भन्दै समयसीमा बढाउनुपर्ने माग गर्दै आएका छन् । 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ९:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया