अफगानी महिला फुटबल टिमको उद्धार
फरकधार / ९ भदौ, २०७८

तालिबानले सत्ता कब्जा गरेपछि यति बेला अफगानिस्तानमा ठूलै हलचल मच्चिएको छ । पछिल्ला घटनाक्रमले देशभर त्रास फैलिएको छ ।



तालिबानको आगमनपछि महिला फुटबल खेलाडी डरमा रहेको भन्दै विभिन्न संघ संस्था लगायतले चाँडोभन्दा चाँडो उद्धार गर्न अपिल गरेका थिए ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोको अपिलपछि अस्ट्रेलियन सरकारले अफगानी महिला फुटबल टिमका खेलाडी र स्टाफसहित ७७ जनाको उद्धार गरेको छ । 



उनीहरूले मंगलबार काबुलबाट अस्ट्रेलियाका लागि उडान भरेका हुन् । अस्ट्रेलियन सरकारले खेलाडीको मद्दतका लागि हात अगाडि बढाएकोमा फिप्रोले धन्यवाद व्यक्त गरेको छ । 



अफगानी महिला टिमकी पूर्व कप्तान खालिदा पोपलले पनि अस्ट्रेलियन सरकारको यो कदमप्रति खुसी व्यक्त गर्दै भनेकी छन्, ‘पछिल्ला केही दिन निकै तनावपूर्ण रह्यो । तर आज हामीले एक महत्वपूर्ण जित हात पारेका छौँ ।’ 
 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १०:४३:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया