औपचारिक रूपमा सुरु भयो टोकियो पाराओलम्पिक

टोकियो पाराओलम्पिक- २०२० को जापानमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । यस प्रतियाेगितामा कुनै पनि दर्शक उपस्थित हुने छैनन् । कोरोना महामारीका कारण खेल बिना दर्शक खेलाउनु परेको हो । 

भर्खर्रै ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सम्पन्न भएको टोकियोमा कोरोनाको संक्रमण फैलिएको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले पाराओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गराइएको हो । 

सेप्टेम्बरम ५ सम्म चल्ने प्रतियोगितामा १६३ देशले सहभागिता जनाएका छन् । विश्वभरबाट चार हजारभन्दा बढी खेलाडीले २२ खेलको ५३९ विधामा सहभागिता जनाउने छन्।

खेलमा अफगानस्तान भने सहभागी रहेको छैन । तर उद्घाटन समारोहको मार्च पासमा भने अफगानिस्तानको झण्डा पनि देखिएको थियो । 

नेपालका तर्फ पनि पलेसा गोवर्धनले यस पारा अ‍ोलम्पिकमा भाग लिएकी छिन् । उनले तेक्वान्दोको ५८ केजी मुनिको विधामा भदौ १८ मा प्रतिस्पर्धा गर्नेछिन् । 
 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १३:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया