मकवानपुरमा ट्रकमा भेटियो एक क्विन्टल गाजा

मकवानपुरको थाहा नगरपालिका-३ दोबाटोमा ना ७ ख ७८८४ नम्बरको ट्रकबाट करिब १०० किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

ट्रकमा उक्त मात्रामा गाँजा भेटिएपछि प्रहरीले ट्रक चालक मकवानपुरगढी गाउँपालिका-८ बुढीचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङलाई मंगलबार पक्राउ गरेको छ।

डाँडाखर्कबाट पालुङतर्फ आउँदै गरेको उक्त मिनी ट्रकलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको पछाडिको भागमा आलुको बोराभित्र लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।
 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १३:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया