बर्दियामा २६ वर्षीया महिला बलात्कृत

बर्दियमा २६ वर्षीया युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–१ बस्ने २९ वर्षीय सिताराम थारुलाई पक्राउ गरेको छ । 

सोही ठाउँस्थित हरियाली सामुदायिक वनमा थारूले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १५:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया