तत्काल क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस महामन्त्री कोइरालाको माग

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तत्काल क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्न माग गरेका छन् । 

पार्टी कार्यालय सानेपामा सुरु भएको जिल्ला सभापतिहरुको रिले अनशनलाई सम्बोधन गर्दै डा. कोइरालाले तत्काल क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने बताएका हुन् । 

भदौ १८ गतेबाट ७७ जिल्लामै महाधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘भदौ १८ गते भनेका छौँ। आजसम्म नामावली आएको छैन। चाँडोभन्दा चाँडो सार्वजनिक गर्नुपर्छ। ७७ जिल्लामा एकैपटक चुनाव गर्नुपर्छ।’

उनले जिल्ला सभापतिहरूको माग जायज भएको भन्दै जिल्ला सभापतिहरूको मागमा आफ्नो ऐक्यबद्धता जनाए । 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १७:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया