रुपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका–७ का ३० वर्षीय छविलाल चौहान मगरलाई बुधबार बिहान पक्राउ गरेको छ ।
छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।