काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
क्रियाशील विवाद समाधान भयाे भनिएकाे छ, तर अन्योल कायम छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस बाँके​​का सभापति किरण कोइराला​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

हामी नेपाली कांग्रेसको महाधिवेशन गर्नैपर्ने बाध्यतामा छौँ । हामी क्रियाशील विवादमा धेरै अल्झियौँ । म पनि काठमाडौंमा दुई दिनसम्म रहेर यही विषयका छलफलमा सरिक भएँ । यसमा धेरै विवाद थिए । हामीलाई केन्द्रले दिएको विधिअनुसार वडाले नै क्रियाशीलको निर्णय गर्ने भनिएको थियो । 

त्यसपछि वडा हुँदै गाउँ÷नगर, क्षेत्र जिल्ला हुँदै प्रदेशसम्म जानपर्ने व्यवस्था थियो । अहिले त्यो शतप्रतिशत नगरी मनपरितन्त्र भयो । केन्द्रले नै फारम दिने काम हुन थाल्यो । विधान मिचेपछि जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्नुभएको छ । हामीहरुको अनशन नै जारी छ । 

१८ गतेका लागि वडा अधिवेशन तोकिएको छ, तर सक्रिय सदस्यता नपुग्दा  अन्योल देखिएको छ । कति मान्छेले अनावश्यक रुपमा विधिभन्दा बाहिर गएर प्रवेश पाइरहेका छन् । यो करेक्सन नभई महाधिवेशन हुन हुँदैन भन्ने हाम्रो प्रस्ट भनाइ नेतृत्वसामु छ । निर्वाचन केका आधारमा गर्ने ? आफ्ना मान्छेका लागि गर्ने ?



युवा नेतृत्वको बहस 

पार्टीमा युवाको आवश्यकता छ । युवाहरु अब पार्टीमा आउनैपर्छ । त्यसका लागि युवाको लाइन सुरु भइसकेको छ । अहिले जति पनि नेतृत्ववर्गलाई हामीले भनेका छौँ, तपाईंहरु छरिएर हैन, एकजुट भएर एकजनाको मात्र नाम दिनुस् । 



यदि नेतृत्वले हाम्रो भनाइ नसुन्ने हो भने बाध्य भएर हामीले पनि केही सोच्नैपर्छ । यदि नेतृत्व नै छरिएर रहने हो भने हामी कसरी चल्ने ? ग्रास लेभलसम्म हामीले के भन्ने ? जब गुटैगुट छ भने त्यसमा लाग्नुहुँदैन । 

जबसम्म सक्रिय सदस्यता विधिअनुसार हुँदैन, त्यतिबेलासम्म समस्या समाधान हुँदैन । तल–तलसम्मका कमिटीलाई विधिमा बस्न भन्नका लागि पहिले उहाँहरु नै विधिमा बस्न पर्यो नि ! विधि मिचेर केन्द्रीय कार्यालबाट फारम दिने गर्दा समस्या भएको हो । 

यो कुरा नेतृत्वले सोचोस् । अहिले विधि र विधान मिच्दै हुनुहुन्छ । हामीले प्रस्ट भनेका छौँ, लामो इतिहास बोेकेको कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक पार्टी हो । यही अभ्यासलाई जोगाउन पार्टी कार्यालयमा जिल्ला सभापतिहरुले घेराबन्दी गरेका छन् । जबसम्म हाम्रो माग पूरा हुँदैन यो घेराबन्दी जारी रहन्छ । 

पार्टीमा परिवारवादको समस्या छैन । यो कुरा म मान्दिनँ । सबै नेतृत्व आ–आफ्नो क्षमताले उठ्ने हो । परिवारवादमा पनि जनता वा कार्यकर्ताले पत्याउनुपर्छ । यदि जनताले पत्याउँदैन भने ऊ असफल भइहाल्छ । पत्याउँछ भने उसलाई परिवारसँग लगेर यी विषयहरु जोड्न हुँदैन । 

कसरी गर्ने महाधिवेशन ? 

मुख्य समस्या त यतिबेला क्रियाशील विवादमा गएर अड्किएको छ । केन्द्रीय नेतृत्वले यसको समाधान भएको भने पनि अझै अन्योल कायमै छ । सँगसँगै हामी अहिले प्रतिपक्षाट सत्तापक्षमा पुगेका छौँ । हामी जनताको जीवनस्तरसँग नजिकबाट गम्भीर हुुनुपर्छ । जनस्वास्थ्यको कुरा सबैभन्दा बढी महत्वपूर्ण छ । बाढी पहिरो, कोरोनालगायतका समस्या नै छ । यो सबै समाधानका लागि नेतृत्वले गम्भीर भएर सोच्नुपर्छ । 

हाम्रो अधिवेशन समयमै हुनुपथ्र्यो । यति लामो समयसम्म नेतृत्वले अधिवेशन रोक्न हुन्नथ्यो । के–के कारणले यहाँसम्म आइपुगेको छ । नेतृत्व पंक्तिले बाढी–पहिरो, कोरोनालगायत कारण उत्पन्न समस्याबारे निर्वाचन आयोगसँग छलफल गर्ने भनेको थियो । निर्वाचनका लागि पनि समय लाग्छ । हामी हेर्दै छौँ, हाम्रो नेतृत्व पंक्तिले यी सबै कुरालाई कसरी समाधान गर्छ ।

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति

अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति

अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति

कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति

कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति

युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार २०:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया