राखेप छनोट समितिको प्रतिवेदनप्रति प्रशिक्षक अलमुताइरीको असन्तुष्टि

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विवाद छानविन समितिको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रशिक्षक अलुमाताइरीले साउन १० मा सामाजिक सञ्जाल फेसबुक मार्फत् अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारणले आफूले राजीनामा दिन लागेको बताएका थिए ।

अलमुताइरीको यो पोस्टपछि वरिष्ठ उपाध्यक्षले असन्तुष्टि देखाउँदै एन्फासमक्ष छानविनको माग गर्दै निवेदन दिएका थिए ।

नेम्वाङले निवेदन दिएको केही दिनपछि प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष सहित मेरो खेलडटकमका दुई सञ्चारकर्मीमाथि छानविनको माग गर्दै निवेदन दिएका थिए ।

विवाद बढ्दै गएपछि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई छानविनका लागि अनुरोध गरेको थियो । मन्त्रालयले राखेपलाई जिम्मा दिएपछि साउन १९ मा पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

समितिले बुधबार बुझाएको प्रतिवेदनमा एन्फाले आफ्नो आन्तरिक विवाद आफैले समाधान गर्नुपर्ने, प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो आचरणमा सुधार गर्नुपर्ने लगायतका ११ बुँदे निर्देशनात्मक सुझाव समेटेको छ ।



छानविन समितिले घुमाउरो रूपमा आफूलाई दोषी ठहर गरेकोप्रति असन्तुष्टि पोख्दै अलमुताइरीले फेसबुकमा लेखेका छन्-‘म निस्किएँ, राजनीतिले काम गरोस् ।’


 



  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ६:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया