प्रदेश- १ को मुख्यमन्त्री भीम आचार्य बन्दै

प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमति अनुसार मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका हुन् ।

आज दिउँसोसम्ममा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने स्रोतले जनाएको छ।

मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै प्रदेश- १ को मुख्यमन्त्री भीम आचार्य बन्ने छन् । यसका लागि संसदीय दलको नेता छान्न आजै एमाले संसदीय दलको बैठक ११ बजेलाई बोलाइएको छ ।

आजै भीम आचार्यलाई मुख्यमन्त्रीको सपथ खुवाउने तयारी भएको एमाले स्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ७:४०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया