आइसिसी यु-१९ विश्वकप एसिया छनोट रद्द, नेपालले गुमायो विश्वकप खेल्ने अवसर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कोरोना भाइरलाई कारण देखाउँदै यु-१९ विश्कपको एसिया छनोट रद्द गरेको छ । उसले बुधबार छनोट प्रतियोगिता गर्न नसकिने बताएको हो ।

आइसिसीको यो निर्णयसँगै एसियाबाट संयुक्त अरब इमिरेट्स (युएई) यु-१९ विश्वकपमा छनोट हुँदा नेपालको भने विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

आइसिसीले अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट पनि रद्द भएको जनाएको छ ।

अमेरिकाबाट क्यानडा र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्युगिनीले विश्वकप खेल्ने अवसर प्राप्त गरेका छन् ।

अफ्रिका र युरोपको छनोट भने हुने आइसिसीले जनाएको छ । १६ टिमको सहभागिता रहने यु-१९ विश्वकप अर्को वर्ष वेस्ट इन्डिजमा हुनेछ ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ७:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया