प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् ।
एमाले संसदीय दलको बैठकबाट भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेपछि राई राजीनामा दिन प्रदेश प्रमुखको कार्यालय जाँदैछन् ।
संसदीय दलको आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राईको प्रस्तावमा आचार्य संसदीय दलको नेता चयन भएका हुन् । उनलाई एमालेले भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।
प्रदेशसभामा एमालेको बहुमत रहेको भएपनि एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा कति जना प्रदेश सांसद जान्छन् भन्ने कुराले उनको मुख्यमन्त्री पदको भविष्य तय हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।