शेरबहादुर देउवा तानाशाह बन्न खोजेको प्रकाशमान सिंहको आरोप
फाइल फाेटाे

सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरूलाई समान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताएका हुन्। 

कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने, तर पार्टी सभापति भएपछि हरेक ४ वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधान अनुसार नगर्ने, गरेको भए अहिले यो अवस्था आउँथ्यो ? हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रूपमा के गर्नुपर्छ गर्छौँ ।’

नेता सिंहले नेपाली कांग्रेसजस्तो डेमोक्रेटिक पार्टीको पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेसको अहिले १४ औँ महाधिवेशनको ५ औँ पटक कार्यतालिका संसोधन गरेर फ्ल्यास भएको छ’ उनले भने, ‘अब यहाँ कस्तो भएको छ भने नेपाली कांग्रेस भनेपछि डेमोक्रेटिक पार्टी हो, त्यसैले महाधिवेशन निष्पक्ष र धाँदलीरहित हुनुपर्छ ।’

‘क्रियाशील सदस्य नै हाम्रो भोटर लिस्ट हो, ७७ जिल्लामै क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ । विधि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्य छानिएको छ, आफ्नो पक्षमा ल्याउनका लागि यो भएको छ, त्यसैले हरेक जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्‍याे, कसैको विशेष इन्ट्रेसमा, पार्टी कब्जा गर्ने नाममा क्रियाशील सदस्यताको चयनमा व्यापक धाँदली भएको छ’, सिंहले थपे ।

नेता सिंहले आफ्नी आमा तथा महिला हकहितकर्मी स्व. मंगला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरूलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरूले आफ्ना हकहितका लागि अझै लड्न आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया