मुख्यमन्त्री आचार्यको प्राथमिकता कोभिड नियन्त्रण

प्रदेश- १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्दै अब कोरोनाको तेस्रो लहर आउने भनिरहेकाले यसको तयारीमा लाग्ने मुख्यमन्त्री आचार्यले बताए ।

यसै गरी उनले स्थायित्वका लागि आफू मुख्यमन्त्री बनेको भन्दै अब सबैलाई मिलाएर अगाडि बढ्ने कुरामा जाेड दिए ।

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले अब चाँडै मन्त्रिपरिषद विस्तार गरिने पनि बताए । 'जतिसक्दो चाँडो मन्त्रिपरिषद बिस्तार हुन्छ', उनले भने ।

कति सदस्य मन्त्रिपरिषद गठन गर्ने योजना छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले परिस्थितिले निर्धारण गर्ने बताए ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया