तालिबानले अफगानिस्तान कब्जा गरेपछि क-कस्ले गरे सहयोग रोक्ने घोषणा ?

तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि बिभिन्न राष्ट्र र अन्तर्राष्ट्रिय संघ संगठनले अफगानिस्तानलाई दिंदै आएको आर्थिक सहायता रोक्ने घोषणा गरेका छन् । 

अफगानिस्तानको पुनर्निर्माण परियोजनाको लागि अमेरिकी विशेष निरीक्षकका अनुसार देशको कूल बजेटमा  ८० प्रतिशत हिस्सा विदेशी सहायता रहने गरेको छ ।
विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएका परियोजनामा गर्दै आएको सहयोग रोक्ने बताएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि यसअघि घोषणा गरेको ४४ करोड अमेरिकी डलर सहयोग तत्काल नदिने भएको छ । 

अमेरिकाले अफगानिस्तानको ७ अर्ब अमेरिकी डलरको मुद्रा भण्डारण फ्रिज गर्ने घोषणा गरेको छ । जर्मनीले अफगानिस्तानलाई दिंदै आएको सहयोग रोक्ने घोषणा गरेको छ । जर्मनीले यो वर्ष अफगानिस्तानलाई ३० करोड अमेरिकी डलर दिने घोषणा गरेको थियो जुन अब नदिने भएको छ । 

स्वीडेन र फिनल्याण्डले पनि अफगानिस्तानलाई दिंदै आएको सहयोग रोक्ने घोषणा गरेका छन् । युरोपेली संघले अफगानिस्तानको विकासमा दिंदै आएको आर्थिक सहायता रोक्ने भएको छ । युरोपेली संघले सन् २०२१ देखि २०२४ सम्म अफगानिस्तानलाई विकास सहायता स्वरुप १.४ अर्ब डलर उपलब्ध गराउने यसअघि घोषणा गरेको थियो ।

बिबिसी





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १६:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया