प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले आयोग र सभामुखविरुद्ध अदालत जाने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी गराए ।
निर्वाचन आयोगले पार्टीले कारबाही गरेका व्यक्तिहरु र अनुपस्थित रहेकाहरूको पनि सनाखत गरेको एमालेको आरोप छ । त्यस्तै, सभामुख सापकोटाले पार्टीले सांसदहरूमाथि गरेको कारबाहीमाथि कुनै कारबाही नगरेको भन्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेको हो ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा २१ दिनभित्र जनप्रतिनिधिले दल रोज्न पाउने प्रावधान समेटिएको छ । त्यसविरुद्ध पनि कानुनी प्रतिवाद गर्ने एमलेको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।