लोकतान्त्रिक समाजवादी सत्ता सहकार्यबारे सकारात्मक
अध्यादेश ल्याएर सहयोग गरेको भन्दै सरकार धन्यवाद

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहकाा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ । 

बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए । 

उनले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । सदस्य झाले समसामयिक राजनीतिक परिवेशलगायत विषयमा बैठकमा छलफल भएको बताए । 

दल दर्तापछिको पहिलो बैठकमा ३३ जना सदस्य नै उपस्थित भएको उनले बताए ।
सदस्य झाले आफूहरु दलविहीन भएको अवस्थामा पार्टी विभाजनसम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिए ।  

उनले सरकारसँगको सहकार्यको विषयमा आज छलफल भए पनि कुनै निर्णय नभएको बताए । सरकारको औपचारिक धारणा आएपछि निर्णय लिने पनि सदस्य झाले बताए । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १९:३५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया