सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको महाधिवेशन अन्यौल नै अन्याेलमा छ । आज १० गते भइसक्यो । यही १८ गते वडा अधिवेशन हुने–नहुने भन्नेमै शंका भइसक्यो । पार्टीको विधानलाई संशोधन गर्ने, परिमार्जित गर्ने, विधान बनाउने महासमितिको बैठकले हो । केन्द्रीय कार्यसमितिले आफैं विधान संशोधन गरिरहेको छ, परिमार्जन गरिरहेको छ । यो केका लागि के खेल हुँदैछ भन्नेमा मुलुकभरका कांग्रेसीजनमा शंका उत्पन्न भएको छ ।
यो बेलामा हामी सचेत नेतृत्व छान्नुपर्ने महत्वपूर्ण जिम्मेवारीमा छौं । नेपाली कांग्रेस पार्टीको लामो इतिहास छ । बिपीको विचारलाई अँगाल्न सक्ने, गणेशमानको साहसलाई कायम राख्न सक्ने, मुलकभरका कांग्रेसका कार्यकर्ताको शिर ठाडो बनाउन सक्ने नेतृत्वको खोजीमा हामी छौं । मुलुकभरिमा अहिले कम्युनिस्टहरु टुट्ने र फुट्ने शैलीबाट अघि बडिरहेको अवस्थामा अब कांग्रेसले कस्तो प्रकारको नेतृत्व दिने भन्ने महत्वपूर्ण विषय छ ।
कर्णाली प्रदेश भनेको दूरदराजको स्थान हो । जुम्लाको कथाव्यथा छुट्टै छ । हामीले अधिवेशन गर्दैगर्दा कसरी अघि बढ्ने, सहमति–असहमति हुँँदाहुँदै कसरी सबै कुरा मिलाएर लाने भन्ने सोच्नु आवश्यक छ । आगामी चुनावलाई दृष्टिगत गर्दै अबको अधिवेशन अलिकति फराकिलो भावना राख्दै गर्न सक्नुपर्छ ।
युवा नेतृत्वको बहस
युवाहरु महाधिवेशनमा केन्द्रीय पदाधिकारीदेखि गाउँ तहसम्म आउनुपर्छ । तर, सबै युवा आउनुपर्छ भन्ने होइन । कुनै पनि वस्तुलाई अगाडि बढाउनका लागि त्यहाँ सबैको महत्वपूर्ण भूमिका हुन्छ । बल र बुद्धि दुवैको समायोजन गर्यो भनेमात्र समाज अघि बढ्न सक्छ । युवाहरुसँग बल छ र बुढाहरुसँग बुद्धि हुन्छ, यी दुवै कुराको भेटघाट गराएर मात्र महाधिवेशनमा जानुपर्छ ।
अहिलेको केन्द्रीय महाधिवेशनमा युवाहरु पनि आउनुपर्छ र अग्रजहरुको पनि सम्मान गर्नुपर्छ । युवाहरुको बल पनि चाहिन्छ । यी दुवै समायोजन गरेर महाधिवेशन हुनुपर्छ ।
कांग्रेसमा परिवारवाद
कांग्रेस पार्टीभित्र परिवारवाद छ भन्ने कुरा मैले भनिरहनुपर्दैन । यो सबैलाई थाहा भएको विषय हो । जो शीर्ष नेताहरु भए उनीहरुका श्रीमतीसमेत नेतृत्वमा आउन खोज्ने प्रवृत्ति बढ्दो छ । हामीले त देशभरका सभापति मिलेर मकवानपुरको भेलामा समावेशी, समानुपातिकको विषय उठाएका थियौं । एक पद, एक व्यक्ति हुुनपर्छ भनेर हामीले त्यो भेलामा पनि भनेका थियौं । बहुमत हैन, अल्पमत होइन, तर पूर्ण समावेशीको कुरा ल्यायौं । तर, त्यो पास हुन दिइएन । समानुपातिक, समावेशी भनेर कसैका श्रीमती, कसैका छोरा, कसैका भान्जा, कसैका ज्वाइँले ठाउँ पाइरहेका छन् ।
यो समस्या नेपाली कांग्रेसमा मात्र नभएर कम्युनिस्ट पार्टीमा पनि उत्तिकै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पनि छोरी, बुहारी भाइ, ज्वाइँ सबैले ठाउँ पाएका छन् । यो नेपालका सबै राजनीतिक पार्टीमा देखिएको समस्या हो । तर, यस्तो समस्यामा पार्टी फस्न हुँदैन ।
नातावाद वा कृपावादभित्र नेतृत्व फस्न हुँदैन भन्ने मुलुकभरिका सबै लोकतन्त्रवादीहरुको सामूहिक धारणा छ । नेता–कार्यकर्ताहरुले लामो इतिहास बोकेर त्याग गरेका छन्, कोही युवा छन्, कोही पिछडिएका मान्छे छन्, यी सबैलाई हेरेर परिवारवाद लागू हुन हुँदैन भन्ने मेरो धारणा हो ।
कसरी गर्ने महाधिवेशन ?
यतिबेला कांग्रेस थप जिम्मेवार बन्नुपर्छ । मुलुकमा कोभिड, बाढी–पहिरोलगायतका समस्या आँखैअगाडि देखिएका छन् । त्यस्तै समस्या नेपाली कांग्रेसमा पनि छ । जुन अवस्थामा बाढी–पहिरो र कोभिड छ त्यही अवस्थामा नेपाली कांग्रेस पार्टी छ । तर पनि सबै बाधा–व्यवधान पन्छाएर १४ औं महाधिवेशन हुनैपर्छ ।
नेपाली कांग्रेसको केन्द्रीय तहका नेताहरुले साँघुरो घेराबाट माथि उठ्नुपर्छ । अब महाधिवेशन कसरी गर्न सकिन्छ भन्ने उपाय सोच्नुपर्ने हुन्छ । आजको युगमा त ७५ नै जिल्लाबाट अनलाइन सिस्टमबाट भोट हालेर काठमाडौं पठाउन सकिन्छ । त्यसकारण बाढी–पहिरो र कोभिडको महामारीको अवस्थालाई ध्यानमा राख्दै नेतृत्वले विकल्पको बारेमा सोच्नुपर्छ ।
हिजो पनि जिल्ला सभापतिहरु काठमाडौंमा धर्नामा बसेको सुनियो । मुलुकभरिबाट आएका क्रियाशीलको नामावली पनि सार्वजनिक हुनुपर्यो । तोकिएको मितिमा महाधिवेशन नगरी सुखै छैन ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।