श्रीलंकन अलराउन्डर प्रसन्नाले चितनवबाट इपिएल खेल्ने

श्रीलंकन अलराउन्डर सिकुगे प्रसन्नाले चितवन टाइर्गसबाट चौंथो संस्करणको  एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् ।

चिवनले बिहीबार एक विज्ञप्तिमार्फत सिकुगेले इपिएल खेल्ले पक्का भएको जानकारी दिएको हो ।

३६ वर्षीय सिकुगेले श्रीलंकाका लागि १ टेस्ट, ४० एकदिवसीय र २० टि-२० खेलेका छन् । लेगस्पिनर उनले तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने क्षमता पनि राख्छन् ।

उनले टेस्टमा ५, एकदिवसीयमा २ अर्धशतक सहित ४२१ र टि-२० अन्तर्राष्टियमा २१४ रन प्रहार गरेका छन् ।

टेस्टमा विकेट विहीन रहेका प्रसन्नाले एकदिवसीयमा ३२ र टि-२० अन्तर्राष्ट्रियमा १० विकेट हात पारेका छन् ।

सिकुगे यो संस्करणको इपिएलका लागि चितवनले अनुबन्ध गरेको चौंथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले पाकिस्तानका दानिस अजिज, अफगानिस्तानका मोहम्मद शाहजाद र मलेसियाका विरनदिप सिंहलाई भित्र्याएको थियो ।



चौथो संस्करणको इपिएल आगामी असोज ९देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोली काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सको सहभागिता रहनेछ ।
 



  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार ८:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया