अविरल वर्षाका कारण नवलपरासी पश्चिमका विभिन्न क्षेत्र डुबानमा

अविरल वर्षाका कारण नवलपरासी पश्चिमका विभिन्न क्षेत्र डुबानमा परेका छन् । हिजो साँझदेखि परेको वर्षाका कारण सुनवलदेखिको तल्लो भूभाग डुबानमा परेको हो।

नवलपरासी पश्चिमको परासी बजार पूर्ण रूपमा डुबानमा परेको छ । अहिले पानी केहीबेर रोकिएको छ । पानी पर्ने क्रम रोकिएसँगै अहिले डुबान परेको क्षेत्रको पानी घटिरहेको छ । 

सुनवलको खकुरीबारीबाट ५५ जनाभन्दा बढीको गएराति दुई बजेतिर उद्दार गरिएको छ । उनीहरू तुरिया खोलामा फसेका थिए । खोलाले बगाउने अवस्था पुगेपछि उनीहरूको उद्दार गरिएको हो । बाढी गाउँ पसेपछि तुरिया खोला निकाराका मानिसहरू घरको छतमा बसेका थिए । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोलीले डुंगाको सहायतामा उनीहरूकाे उद्दार गरिएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । उद्दार गरिएकाहरूलाई अस्थायी सेल्टर देवकोटा स्कुलमा राखिएको छ । 

झरही र तुरिया खोलाले बढी दुःख दिइरहेको प्रजिअ मिश्रले बताए । परासी बजारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सैनिक ब्यारेक लगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । 

‘मेरो निवासबाट जिल्ला प्रशासन कार्यालय आउँदा मेरो छातीसम्म पानी थियो । नेपाल प्रहरी र आर्मीको ब्यारेकको पनि त्यस्तै अवस्था छ’, प्रजिअ मिश्रले भने।



तल्लो भेगहरू सरावल, प्रतापपुर र सुस्ता लगायतका क्षेत्र बढी नै डुबानमा परेको उनको भनाइ छ । 

हेर्नुहोस् भिडियो : ​



 

https://fb.watch/7EjhLkR6tY/

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १३:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया