काबुल विमानस्थलबाहिर भएका दुई शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या १०३ पुगेकाे छ ।
मृत्यु हुनेहरूमध्ये १३ जना अमेरिकी सेना रहेका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गरेका हुन् ।
यसै गरी विष्फाेटमा परी करिब सय जना घाइते भएका छन् ।
हिजाे (बिहीबार) आक्रमणकारीहरूले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । उनीहरूले विमानस्थलमा हजाराैँ संख्याकाे भीडलाई लक्षित गरी विष्फाेट गराएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हमलाका पछि जो भए पनि आफूहरुले खोजेर निकाल्ने र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘न हामी उनीहरुलाई भुल्नेछौं, न माफ गर्नेछौं । आतंकवादीले अमेरिकालाई आफ्नो काम गर्न रोक्न सक्ने छैनन् । हामी काबुलमा आफ्नो मिशन छाड्ने छैनौं र अफगानिस्तानबाट मानिसहरुलाई सुरक्षित निकाल्ने क्रम जारी रहनेछ ।
काबुल विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।