प्रहरीले पछिल्लो चौबिस घण्टामा बाँड्यो  ८ हजारभन्दा बढीलाई निशुल्क मास्क

बितेको चौबिस घण्टामा नेपाल प्रहरीले देशभर ८ हजार १ सय २३ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । 

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत उनीहरुलाई मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । 

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म कूल १० लाख ४० हजार ४ सय ८३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । 

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै जाँदा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीको सामना गर्न प्रहरीले अहिले बिभिन्न अभियान चलाइरहेको छ । तिनै अभियानमध्ये एक ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम हो ।





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १७:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया