तालिबानले अफगान कब्जा गरेपछि पाकिस्तानी सेनाले भन्यो- अफगानी नेताको दिमागमा भारतले विष भरिदिएको  थियो

पाकिस्तानी सेनाले आज अफगानिस्तान र तालिबानको विषयमा धेरै प्रश्नहरुको जवाफ दिएको छ । पाकिस्तानी सेनाको इन्टर सर्भिसेज पब्लिक रिलेसन (आइएसपिआर)का निर्देशक जनरल बाबर इफ्तियारले अब अफगानिस्तानमा भारतको प्रभाव सकिने बताएका छन् । 

‘अफगानिस्तानमा जे भयो त्यसमा भारतको भूमिका के थियो भन्ने बुझ्न जरुरी छ । भारतले जति पनि लगानी अफगानिस्तानमा गरेको छ त्यो पाकिस्तानमा हानी पुर्‍याउनको लागि मात्र गरेको छ । उसलाई अफगानिस्तानका जनतासँग कुनै मतलव छैन । भारतले अफगानी नेता र सेनाको दिमागमा विष भरिदिएको छ,’ उनले भनेका छन् ।  

अफगानिस्तान पाकिस्तान माथि निर्भर रहेको जनाउँदै उनले तालिबानलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध पनि गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १८:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया