रोनाल्डो म्यानचेस्टर युनाइटेडमा

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् ।

युनाइटेडको आधिकारिक फेसबुक पेजमा पनि यसलाई पुष्टि गर्दै रोनाल्डोलाई स्वागत गरिएको एक पोस्ट हालिएको छ । १२ वर्षपछि युनाइटेड फर्किने निर्णय गरेपछि रोनाल्डोका प्रशंसकले अहिले सामाजिक सन्जालमा यही विषयमा व्यापक लेखिरहेका छन् ।

इटालियन क्लब युभेन्टसबाट रोनाल्डो फेरि इंग्लिस क्लबमा फर्किएका हुन् । यसअघि उनी म्यानचेस्टर सिटी जान सक्ने व्यापक अनुमान गरिएको थियो । तर, उनले अन्तिममा युनाइटेड छाने, युनाइटेडले उनलाई अनुबन्धित गर्न सफल भयो ।

रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट ९९.२ पाउन्डमा युभेन्ट्समा आबद्ध गरिएको थियो । युभेन्टसमा रोनाल्डोले ९८ खेल खेले । सन् २०१८ देखि तीन सिजन खेलेका उनले दुई पटक इटालियन सिरि एको उपाधि चुमे ।

त्यसअघि उनले रियल म्याड्रिडमा नौ सिजन खेले । रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डोले सन् २००३ देखि युनाइटेडका लागि खेल्न थालेका थिए ।

१२ वर्षअघि युनाइटेडमा हुँदा रोनाल्डोले १९६ खेलमा ८४ गोल गरेका थिए ।
 





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार २२:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया