नायिका प्रियंका चोपडा पछिल्ला दिन फिल्म ‘सिटाडेल’ को सुटिङमा व्यस्त छिन् । उनले फिल्मको केही तस्वीरहरू सेयर पनि गरेकी छन् । बलिउडसँगै हलिउडमा पनि उनले निरन्तर काम गर्दै आएकी छन् ।
बलिउड र हलिउड दुवै स्थानमा व्यस्त रहेकी प्रियंकालाई यसकारण पनि फ्यानहरूले सोध्ने गरेका छन्– बलिउड र हलिउडमध्ये कहाँ बढी काम गर्न मनपर्छ ?
यसको जवाफ उनले हालै एक भिडियो मार्फत दिएकी छन् । उक्त भिडियो उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छन् ।
भिडियोमा प्रियंकाले आपूmलाई निरन्तर काम गर्न मनपर्ने बताएकी छन् । ‘क्वालिटी’ र ‘क्वान्टिटी’ मा ‘क्वालिटी’ आफ्नो रोजाइमा पर्ने उनले जनाएकी छन् । ‘बलिउड र हलिउडमध्ये एकलाई रोज्न परे म शान्त बस्न चाहन्छु । कुनै प्रश्न यस्ता हुन्छन् जसको जवाफ नदिई बस्न रमाइलो हुन्छ,’ प्रियंकाले भनेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।