ला लिगा : कठिन जितसँगै रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । उसले घरेलु टोली रियल बेटिसमाथि १-० को कठिन जित हात पारेको हो ।

खेलको ६१ औँ मिनेटमा करिम बेन्जिमाको पासलाई सदुपयोग गर्दै डानियल कार्भजालले गरेको एक मात्र गोल रियललाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

जितसँगै ३ खेलबाट ७ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिदाँ समान खेलबाट २ अंक जोडेका बेटिस् १३ औँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा एथ्लेटिक क्लब बिल्बाओले सेल्टा भिगो तथा रियल सोसिडाडले लेभान्तेमाथि समान १-० को जित हात पार्दा इल्चे र सेभियाले १-१ को बराबरी खेले ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ७:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया