एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनुपर्छ : डा. हेमराज शर्मा

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव  डा. हेमराज शर्माले संघलाई राजनीतिले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपले आयोजना गरेको ‘एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस’ कार्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएका अधिकांश मुद्दाहरू राजनीतिसँग जोडिएको भए पनि एनआरएनएमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका हुन् ।

२००५ देखि एनआरएनएमा आवद्ध रहेका डा.शर्मा १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी समेत हुन् ।

राजनीतिप्रति आफू अनुदार नरहेको बताउँदै उनले भने, ‘राजनीतिको नाममा साना र तल्लो तहमा हस्तक्षेप गरेको प्रति मेरो आपत्ति हो।’

‘हामी के सचेत छौं भने राजनीतिबिना यत्रो ठूलो संस्था चल्दैन र हाम्रो जतिपनि मुद्दाहरू छन्, त्यो राजनीतिसँगै जोडिएका छन्।  तर पार्टी र राजनीतिको नाममा हुने हस्तक्षेपप्रति मेरो मात्र नभएर एनआरएनएप्रति चिन्ता गर्ने सबैको आपत्ति छ,’ उनले थप स्पष्ट पारे । 

चुनावमा टिकट माग्न काठमाडौं जानु पर्ने र नेताहरूलाई आफ्नो पक्षमा पार्ने साथै निर्वाचनमा प्रत्यक्ष रूपमा मन्त्रालय, हेडक्वाटर, सांसदहरुबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई कतै नपुर्‍याउने उनको धारणा थियो । 



मन्दिरको अगाडि जुत्ता छाडेझैं एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनु पर्ने उनले बताए । 



  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ११:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया