म्यान्चेस्टरले इन्टाग्राममा पोस्ट गरेकाे रोनाल्डोको फोटो नै इन्टाग्राममा सवार्धिक रुचाइएको फोटो बन्याे

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पोचुर्गिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । यो समाचारले फुटबल जगत तताउँदै गर्दा क्लबले सामाजिक सञ्जाल इन्टाग्राममा सोही समाचारको फोटोले हालसम्मकै सबैभन्दा बढी लाइक पाएको छ।

म्यानचेस्टरले शुक्रबार उक्त फोटो सार्वजनिक गर्दै उनी क्लबमा आवद्ध भएको सूचना फ्यानलाई दिएको थियो । उक्त फोटोले २ दिनमा नै १ करोड २६ लाख ९ हजार ११० लाइक पाएकोे छ । यससँगै यो इन्टाग्रामको इतिहासमा सबैभन्दा बढी रुचाइएको फोटो बनेको छ। 

रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । यसभन्दा अगाडि रोनाल्डो अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा थियो । तर, अन्तिममा उनलाई युनाइटेडले अनुबन्ध गर्न सफल भयो।

रोनाल्डो सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । युनाइटेडमा ६ सिजन बिताई उनी स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्ध भए । मड्रिडमा आठ सिजन बिताएका उनले मड्रिडका लागि चारवटा च्याम्पियन्स लिग दिलाएका थिए । मड्रिडबाट सन् २०१८ मा इटालियन क्लब युभेन्टसमा अनुबन्ध भए । युभेन्टसलाई दुई सिरी ए लिग जिताई उनी पुनः म्यानचेस्टर युनाइटेड फर्किए । 

यो पनि भन्ने गरिन्छ कि युनाइटेडले नै उनको करिअर बनाइदिएको थियो । अब भने उनले कस्तो प्रदर्शन गर्ने हुन्, त्यो त समयले नै देखाउला । 

 



 



 



 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १६:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया