आजकाे माैसम यस्ताे, यी ठाउँमा भारी वर्षा हुने सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (सोमबार)दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशको धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ६:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया