प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको कीर्तिमान

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । उसले घरेलु टोली उल्भ्समाथि १-० को साँघुरो जित हात पारेको हो ।

खेलको ८० औँ मिनेटमा मासोन ग्रिनउडले गरेको एक मात्र गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।

जितसँगै युनाइटेड ३ खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा लगातार उल्भ्स तेस्रो हार बेहोर्दै बिना अंक १८ औँ स्थानमा छ ।

योसँगै अबे मैदानमा युनाइटेडको अपराजित यात्रा २८ खेलसम्म पुगेको छ । जुन प्रिमियर लिग इतिहासमा सबैभन्दा लामो हो ।

युनाइटेडले पछिल्लोपटक सन् २०२० को जनवरीमा १९ मा लिभरपुलको घरेलु मैदानमा २-० को पराजय बेहोरेको थियो । त्यसयताका २८ अबे खेलमा युनाइटेड १८ खेलमा विजयी हुँदा १० खेल बराबरीमा सकिएको छ । 

युनाइटेडले आर्सनलको कीर्तिमान तोडेको हो । उसले सन् २००३ को अप्रिल देखि २००४ को सेप्टेम्बरसम्ममा २७ खेलसम्म अबे मैदानमा अपराजित यात्रा तय गरेको थियो ।



लिग अन्तर्गत आइतबार नै भएका अन्य खेलमा टोटेनहमले वाटफोर्डलाई १-० ले पराजित गर्दा बर्नेली र लिड्स युनाइटेडले १-१ को बराबरी खेलेका छन् । 



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ७:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया