ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीकाे खेल जारी छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशमा वैकल्पिक शक्तिकाे आवश्यक परेकाे बताएका छन् ।

उनले देशमा जसकाे शासन आएपनि देशमा केही पनि सुधार हुन नसकेकाे भन्दै वैकल्पिक शक्तिकाे आवश्यक रहेकाे बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले यस्ताे प्रतिक्रिया दिएका हुन् । 

उनले लेखेका छन्, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ !भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत:वैकल्पिक शक्तिको खोजी जारी छ !’





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १०:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया