काबुलमा पाँच रकेट हमला, हिबतुल्ला चाँडै सार्वजनिक हुने

अफगानिस्तानबाट आफ्नो फिर्ताबारे अमेरिकी पूर्ण र रूपमा तयार छ । यही महिना ३१ तारिख अर्थात् भोलि मंगलबारका दिन अमेरिकी नेतृत्वका सबै सैनिक त्यहाँबाट घर फर्किने छन् । यसको ठीक अघिल्लो दिन सोमबार रकेटहरूले काबुल परिक्रमा गरेको छ । एकजना अमेरिकी अधिकारीले रोयटर्सलाई काबुल विमानस्थलमा पाँच रकेट हमला भएको छ । यसलाई अमेरिकी मिसाइल रोक्ने प्रणालीले इन्टरसेप्ट गरिएको बताइएको छ । यद्यपि, यो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

कट्टरपन्थी इस्लामवादी तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अमेरिकी नेतृत्वको रेस्क्यु उडानबाट डराएका मानिसहरु पलायन हुन थालेका छन् । अमेरिकाले अहिलेसम्म काबुल विमानस्थलबाट एक लाख १४ हजार जनालाई उद्दार गरिसकेको छ । 

मंगलबार यो अभियान समाप्त हुने छ । हजारौं अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने छन् । त्यसपछि अफगानिस्तानको हालत कस्तो होला अहिले नै केही भन्न नसकिने अधिकारीहरू बताउँछन् ।

तालिबानका प्रतिद्वन्द्वी पनि अफगानिस्तानमा बलियो रहेको देखिएको छ । प्रतिद्वन्द्वी इस्लामिक स्टेट समूहले गत साताको अन्त्यमा पनि विमानस्थलमा एक आत्मघाती बम हमला गरेका थिए । यो हमलाले अमेरिकाको फिर्तीमा खतरा उत्पन्न गरिदिएको छ ।

उक्त हमलामा १३ अमेरिकी सैनिकसहित सयभन्दा बढी मानिसको ज्यान गएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा थप हमला हुन सक्ने चेतावनी यसअघि नै दिइसकेका छन् । आइतबार राति काबुलमा विस्फोटक पदार्थ भरिएको वाहनमाथि हमला भएको अमेरिकाले दाबी गरेको छ ।

एएफपीका अनुसार, सोमबार बिहानै काबुलमा रकेट उडेको आवाज आएको थियो । विमानस्थलनजिकका वासिन्दाले मिसाइल रक्षात्मक प्रणाली सक्रिय हुन थालेको बताएका थिए । विमानस्थलवरपर धुवाँ उडेको देखिएको थियो । तालिबानका एक प्रवक्ताले घटनाको पुष्टि गर्दै आइतबार विमानस्थल नजिक एक कारबम नष्ट गरेको बताए । 



अमेरिकाले युद्धका क्रममा हवाई हमलामाई थुप्रै नागरिक मारिएको आरोप लगाएको छ । यूएस सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले भने, ‘हामी आज काबुलमा एक वाहनमाथि हमलापछि नागरिकको हताहतीको खबरबाट अवगत छौं । निर्दोष मानिसमाथि भएको यस्तो आक्रमणबाट हामी निकै दुःखी छौं ।’

के भन्छ तालिबान ?



तालिबानले सत्तामा आउनुघि आफूहरु पहिलाको भन्दा निकै नरम ढंगमा सत्ता सञ्चालन  गर्ने बताएको थियो । तालिबानले नै अमेरिकाको ठूलो दुश्मन मानिएको अलकायदालाई शरण दिएको थियो । अहिले कयौं अफगान नागरिकलाई तालिबानले गर्ने इस्लामको क्रूर ब्याख्या, विदेशी सेना, पश्चिमा मिसन तथा अमेरिका समर्थित सरकारसँग काम गरेकाहरुमाथि हिंसक प्रतिशोध हुन सक्ने डर रहेको छ । 

उनीहरूको सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादा दक्षिणी अफगानिस्तानमा रहेको र चाँडै सार्वजनिक हुने योजना बनाइरहेको आइतबार तालिबानले बताएको थियो । प्रवक्ता जबिहुल्ला मुजाहिदले भने, ‘उनी कन्धारमा छन् । सुरुदेखि नै त्यहीँ बस्ने गरेका हुन् ।’ उपप्रवक्ता बिलाल करिमीका अनुसार हिबतुल्ला चाँडै सार्वजनिक हुने छन् ।

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ११:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया