बेपत्ता व्यक्तिहरुलाई खोजी गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी तथा अनुसन्धान गर्न तयार रहेको बताएका हुन् । उनले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालासँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिए । 

यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट व्यक्त गर्दै उनले भने, ‘सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता हुनुभएका व्यक्ति, व्यक्तिका परिवारजन तथा आफन्तहरुले न्याय प्राप्तिका लागि गर्नुभएको धैर्यताप्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउँछु ।’

कार्यक्रममा महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानुन बनाएर नपुग्ने भन्दै कानुनको परिपालना गरी अघि बढ्नुपर्ने बताए । उनले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषयवस्तु नभएको बताउँदै शान्तिका लागि सम्झौता भएकाले बेपत्ता र बेपत्ता पारिएकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । 





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार २०:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया