विवेकशील साझा पार्टी फुटको सङ्घारमा, मिश्र र पाण्डेले बोलाए छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक

विवेकशील साझा पार्टी फुटको सङ्घारमा पुगेको छ । पार्टीका दुई संयोजक रविन्द्र मिश्र र मिलन पाण्डेले बिहीबार छुट्टाछुट्टै समयमा केन्द्रीय समिति बैठक बोलाएका छन् । 
स्रोतका अनुसार बिहीबार मिश्रले साढे १२ बजे केन्द्रीय समिति बैठक बोलाएका छन् भने पाण्डेले विहान साढे ११ बजे । 

पछिल्लो समय मिश्रले राजसंस्था, संघीयता र धर्मनिरपेक्षताको विषमा फरक धारणा सार्वजनिक गरेपछि विवेकशील साझामा विभाजन देखापरेको हो । 
समाजिक सञ्जालमा पार्टीको दुई संयोजकबीच आरोप प्रत्यारोप चल्दै आएको थियो । 

‘रविन्द्र मिश्रजीका पछिल्ला अभिव्यक्तिले पार्टी एक रहिरहन सक्ने अवस्था रहेन,’ संयोजक पाण्डे निकट एक नेताले फरकधारसँग भने । 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार ११:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया