कोरोनाका कारण विराटनगरको रथयात्रा प्रभावित
फरकधार / १५ भदौ, २०७८

९० वर्षअघिबाट सुरु भएको विराटनगरको ऐतिहासिक  रथयात्रा कोरोनाका कारण प्रभावित भएको छ ।



हरेक वर्ष विराटनगरमा निस्कने राधाकृष्ण रथयात्रा कोरोनाको कारण यो वर्ष पनि ननिस्कने भएको छ  । गत वर्ष पनि रथयात्रा रोकिएको थियो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निस्कने रथयात्रा यो वर्ष सुनसान छ ।

हरेक वर्ष हजारौँको संख्यामा विराटनगरको रथ यात्रामा मानिसहरू जम्मा हुने गर्थे । रथयात्रामा नेपालका मात्रै नभई भारतबाट समेत भक्तजन आउने गरेका थिए । 



रथयात्रा वि. सं. १९८८ मा खटबाट शुरु भएको हो ।  २०२५ देखि भने रथयात्राको निरन्तर निस्कँदै आएको छ । 



प्रदेश सरकारले रथयात्राका अवसरमा मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

विराटनगरमा हुने राधाकृष्ण रथयात्रालाई दक्षिण एसियाकै दोश्रो ठूलो रथयात्राको रूपमा लिइँदै आएको  आयोजकको दाबी छ । 

श्री राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण रथयात्रा निकाल्न नसकिने बताए  । 

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथलाई गाडीमा राखेर  नगरका विभिन्न भागको परिक्रमा गराउने योजना छ । 

विराटनगर महानगरपालिका वडा नम्बर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिर आसपासमा केही माग्न बसेका र सामान्य व्यापार गर्ने बाहेकको कुनै पनि चहलपहल छैन। 

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १५:४७:२६,   अन्तिम अपडेट : भदौ १५, २०७८ मंगलबार १५:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया