नेपाली कांग्रेसको निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।
यसअघि ५३ जिल्लाको नामावली सार्वजनिक गरिएकोमा मंगलबार थप तीन जिल्लाको नामावली सार्वजनिक गरिएको हो । मंगलबार सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको छ ।
क्रियाशील छानबिन समितिका तर्फबाट बुझाइएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताएका छन् ।
अझै २१ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन । कृष्णप्रसाद सिटौला नेतृत्वको विवाद समाधान समितिले ती जिल्लाको विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।