प्रदेश- १ मा प्रदेशसभा सदस्यहरूकाे सनाखत हुँदै

नेकपा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुने प्रदेश- १ प्रदेशसभाका सदस्यहरूले आज बुधबार सनाखत गर्ने भएका छन् ।

समाजवादीका नेता राजेन्द्र राईले बुधबार सनाखत गर्ने तयारी भएको बताए । एमाले छाडेर समाजवादीमा गएको सांसदहरूलाई दल चुन्नका लगि २२ गते सम्मका लागि समय थियो । समय अगावै दल चुन्नका लागि सनाखत तयारी भएको राईले जानकारी दिए।

कम्तीमा १० प्रदेश सभा सदस्यले समाजवादी पार्टी रोज्ने राईको दावी छ ।  शुक्रबार नै १० जना प्रदेश सभा सदस्यहरूले समाजवादीमा जाने भनेर हस्ताक्षर गरेका थिए ।

शुक्रबार भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राईले समाजवादीमा जाने भनेर हस्ताक्षर गरेका छन् ।

यस्तै इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङदले नेकपा समाजवादी रोज्ने देखिएको छ ।

केही दिनदेखि सामूहिक रूपमा बसेर छलफल गर्दै आएका उनीहरूले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् ।



यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरूलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ ।

यसअघि नेपाल समूहमा आवद्ध भएका १८ सांसदमध्ये कम्तिमा १० जनाले समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राईले दावी गरे ।
 



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १०:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया