जो रुट ६ वर्षपछि टेस्ट वरियताको शीर्ष स्थानमा

इंग्ल्यान्डका कप्तान जो रुट ६ वर्षपछि टेस्ट वरियताको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा फर्किएका छन् ।

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले निकालेको नयाँ वरियतामा रुट न्युजिल्यान्डका कप्तान केन विलियमसनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका रुट ९१६ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानका विलियसनले ९०१ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन्।

अस्ट्रेलियाका स्टिभ स्मिथ तेस्रो र मार्नुस लाबुसेन चौथो स्थानमा छन् । भारतका रोहित शर्मा पाँचौँ स्थानमा उक्लिँदा विराट कोहली भने १ स्थान तल झर्दै छैटौँ स्थानमा पुगेका छन्।

पाकिस्तानका बाबर आजम सातौँ, अस्ट्रेलियाका डेविड वार्नर आठौँ, दक्षिण अफ्रिकाका क्विनटन डि कक नवौँ तथा न्युजिल्यान्डका हेनरी निकोलस १०औँ स्थानमा छन् ।  

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स तथा अलराउन्डतर्फ वेस्ट इन्डिजका जेसन होल्डर शीर्ष स्थानमा छन् । 
 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १६:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया