अष्टलक्ष्मी शाक्यले भनिन्– म एमालेमै छु, विभाजनमा लागेको छैन

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले आफू एमालेमा नै रहेको बताएकी छिन् ।

उनले बैठकमा आफ्नो विषयमा विभिन्न किसिमले भ्रम फैलाउन खोजिएको भन्दै गुनासो पनि गरेकी छिन् ।

‘उहाँले पार्टीलाई एकताबद्ध बनाउने कुराका लागि नै आफूहरु लाग्ने उहाँले बताउनु भएको छ,’ नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले संसदीय दलको बैठकका निर्णय सुनाउँदै भने, ‘पार्टीलाई एकताबद्ध बनाउनका लागि नै हामीले यो अभियान अगाडि सारेका हौँ । यो सरकारलाई टिकाउने कुरामा र जनताको पक्षमा लाग्ने कुरामा अनवरत लाग्ने छौँ ।’

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि पार्टीलाई एकताबद्ध अगाडि बढाउनका लागि र पदका लागि नभएकाले आफूले मुख्यमन्त्री पद छोडेको संसदीय दलको बैठकमा बताएका थिए ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १९:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया